सुनचाँदीको भाउ ओरालो, तोलामा हजारौँले गिरावट

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १०

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुनको मूल्य २ लाख ९३ हजार ७ सय रुपैयाँ कायम थियो ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला १ सय ५ रुपैयाँले घट्दै चाँदी आज ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *