कांग्रेसले कोशी सरकारको नेतृत्व चाँडै गर्ने विश्वप्रकाश शर्मा भनाई

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ८

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व चाँडै कांग्रेसले गर्ने नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बताएका छन् । शुक्रबार सुनसरीको लौकीमा आयोजित कार्यक्रममा बोल्दै उपसभापति शर्माले यस्तो बताएका हुन् ।

‘कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले चाँडै नै गर्नेछ । अहिले यसबारेमा म धेरै बोल्न चाहन्न,’ उनले भने, ‘तर यति चाहिँ नेपाली भाषामा सबैले प्रष्ट बुझ्नेगरी भन्न चाहन्छु– अब कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।’

नयाँ सरकारमार्फत नागरिकलाई नयाँ सन्देश दिएर अघि जाने उनले दाबी गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *