काठमाडौँ । सरकार र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको भन्दै श्रम संस्कृती पार्टीले आपत्ति जनाएका छन् ।
आज जारी गरिएको प्रेस विज्ञप्तिमा प्रतिनिधिसभा सदस्यसमेत रहेका राईले वर्तमान सरकारले संसदीय मर्यादा उल्लंघन गर्दै जनताको मतबाट निर्वाचित संसद्लाई बेवास्ता गरेको आरोप लगाए ।
विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री तथा अन्य मन्त्रीहरू संसद्मा उपस्थित नहुनु र उठेका प्रश्नहरूको जवाफ नदिनुले विधिसम्मत रूपमा संसद् सञ्चालन भइरहेको छैन भन्ने पुष्टि हुन्छ। यो प्रतिनिधिसभा सञ्चालन नियमावली १५ (२) विपरीत हो।”
राईले लामो प्रयासपछि संसद्मा उपस्थित भएका दुई मन्त्रीहरूले पनि सतही जवाफ दिएको आरोप लगाए। साथै, आफू तथा श्रम संस्कृति पार्टीका सांसदहरूले थप प्रश्न राख्न खोज्दा सभामुखले रोकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले भने, “संसद् भनेको जनताका प्रश्न उठाउने र जनहितमा कानुन निर्माण गर्ने थलो हो। प्रश्न सोध्न नदिनु आपत्तिजनक विषय हो।”
राईका अनुसार उनले गत वैशाख २८ र २९ गते संसद्मा उठाएका प्रश्नहरूको समेत सरकारले जवाफ दिएको छैन । उनले यस अवस्थालाई लोकतन्त्र र संसदीय अभ्यासमाथिको “कालोधब्बा” को संज्ञा दिएका छन् ।
सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै राईले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन नसक्ने सभामुखले प्रतिपक्षी दलका नेताहरूलाई मात्र नियम सम्झाइरहनु “निन्दनीय र हास्यास्पद” भएको टिप्पणी गरे ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्