कांग्रेस, एमाले र नेकपाबिच ‘वाम–डेमोक्रेट’ गठबन्धनको गृहकार्य सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ६

काठमाण्डौँ । फागुन २१ को निर्वाचन नतिजाले संसदमा सानो आकारमा खुम्चिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबिच सहकार्यका लागि गठबन्धन बनाउने गृहकार्य सुरु भएको छ ।

वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारका कामकारबाही, संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाविपरीत हुन थालेको भन्दै सरकार र नेपाली जनतालाई सजग र सतर्क गराउन जरुरी रहेको उनीहरूको भनाइ छ ।

अवस्था जटिल बन्दै गएको भन्दै यो व्यवस्था ल्याउन योगदान गरेका दलहरूबिच सहकार्यको आवश्यकता महसुस गर्दै पुराना तीन दलले त्यसको गृहकार्यस्वरुप नेताहरूबिच लगातार संवाद र छलफल थालेका हुन् । तीन वटै दलका नेताहरू गठबन्धन निर्माणका लागि पहल भइरहेको स्वीकार गर्छन् ।

उनीहरूका अनुसार कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूबिच औपचारिक/अनौपचारिक भेटघाट र संवादका क्रममा सरकारका ज्यादतीविरुद्ध एक भएर जाने सैद्धान्तिक सहमति जुटे पनि व्यावहारिक रूपमा कसरी जाने भनेर ठोस निष्कर्षमा पुग्न बाँकी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ गते बसेको एमाले सचिवालय बैठकमा कांग्रेस र नेकपाका शीर्ष नेताबिचमा यसबारे कुराकानी भइरहेको ब्रिफिङ गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *