प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परा तलमाथि गर्न पूर्णबहादुर खड्काको चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २४

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले झन्डै चार दशक लामो प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई संवैधानिक परिषद्ले तलमाथि गर्न नहुने बताएका छन् ।

प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्को बैठक बस्नु केहीअघि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले नियुक्तिको स्थापित परम्पराबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘संवैधानिक परिषद्का अध्यक्ष सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा परिषद्को बैठक आज बस्दै छ ।

प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई परिषद्ले तलमाथि गरे न्यायालयमा डरलाग्दो अस्थिरता आउने उनको आशंका छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *