स्वास्थ्य क्षेत्रमा ठुलो फेरबदल: सयौँ पदाधिकारी एकैपटक हटाइए

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २०
Daksu Media

काठमाडौँ — सरकारले स्वास्थ्य, चिकित्सा र विज्ञान क्षेत्रमा भएको राजनीतिक नियुक्तिको अन्त्य गर्न कडा कदम चालेको छ। राष्ट्रपतिबाट जारी विशेष अध्यादेशपछि देशभरका १,५९४ पदाधिकारी पदमुक्त भएका छन्, जसमा स्वास्थ्य क्षेत्रका मात्रै ३०० भन्दा बढी छन्।

नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, फार्मेसी काउन्सिल लगायतका प्रमुख नियामक निकायका पदाधिकारी हटाइएका छन्। साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गंगालाल हृदय केन्द्र, क्यान्सर अस्पताल र विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा पनि व्यापक पद रिक्त भएका छन्।

सरकारको यो निर्णयले अब ती निकायहरूमा नयाँ र दक्ष नेतृत्व ल्याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *