हर्क-सुदनबीच एकता अन्तिम चरणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १०

काठमाण्डौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपा छाडेर ‘कुलिङ पिरियड’ मा बसिरहेका पूर्वमन्त्री सुदन किरातीबीच राजनीतिक सहकार्य हुने लगभग पक्कापक्की भएको छ । हर्क र सुदनबीच विभिन्न चरणमा भएको छलफलले एकताको ढोका खोलेको हो । मोटामोटीरूपमा सहमति भइसकेको दुवै पक्षका नेताहरूले बताएका छन् ।

श्रम संस्कृतिका उपाध्यक्ष लोकनाथ चुँडालका अनुसार सहकार्यका लागि दुवै पक्ष तयार छ । तर, वैचारिक र सैद्धान्तिक विषयलाई स्पष्ट पार्ने सन्दर्भमा सघन छलफल भइरहेको छ । उनले भने, ‘दुवै पक्षबाट निरन्तर छलफल भइरहेको छ ।

भावनात्मक रूपमा पहिलेदेखि नै एक ठाउँमा भएकाले पनि एकताका विषयमा भएका छलफल निचोडउन्मुख भएको चुडालले बताए ।

पार्टी एकता हुँदा सुदनको सिंगो टीम नै श्रम संस्कृतिमा आउने चुडालले बताए । बुझिए अनुसार सार्वजनिक जीवनमा प्रतिष्ठित मान्छेहरूलाई साक्षी राखेर हर्क र सुदनले मौखिक सहमति गरिसकेका छन् । प्रारम्भिक चरणमा सुदनको टीमबाट १५ जना केन्द्रीय सदस्य बन्नेछन् ।

अहिले श्रम संस्कृतिमा २८ जना केन्द्रीय सदस्य छन् । बीचमा केही सदस्य थपिएका छन् । पार्टीको विधानले १३३ जना केन्द्रीय सदस्यको परिकल्पना गरेको छ । केन्द्रीय सभा सदस्यमा २०० जनाको परिकल्पना गरेको छ । केन्द्रीय सभासँग कार्यकारी निर्णय हुँदैन, तर ठूल्ठूला निर्माण यही कमिटीले गर्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *