प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ९

काठमाण्डौँ । हिजोराति अबेरसम्म सुरक्षा प्रमुखहरूसँग छलफल गरेका गृहमन्त्री सुधन गुरुङले आज बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग छलफल गर्न पुगेका छन् ।

गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहबिच अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छलफल भइरहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

यसअघि हिजो मंगलबार मन्त्री गुरुङले नेपाल प्रहरीका आइजीपी, गृहसचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी लगायतसँग झन्डै ५ घण्टा छलफल गरेका थिए ।

बिचौलिया व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै मन्त्री गुरुङको आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *