|
२०८३ बैशाख ३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय संसदअन्तर्गत विभिन्न संसदीय समितिहरूका सभापति पदका लागि आफ्ना उम्मेदवारहरू टुंगो लगाएको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले समितिगत नेतृत्वबारे निर्णय गर्दै नामहरू सार्वजनिक गरेको हो। सार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षी दलकै भागमा रहने सहमति गरिएको जनाइएको छ।
कुन समितिमा को ?
रास्वपाले तोकेका उम्मेदवारहरूको सूची यसप्रकार छः
- कानून, न्याय तथा मानवअधिकार समिति – समीक्षा बास्कोटा
- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति – अशोक चौधरी
- पूर्वाधार विकास समिति – आशीष गजुरेल
- महिला तथा सामाजिक मामिला समिति – आकृति अवस्थी
- राज्य व्यवस्था तथा सुशासन समिति – हरि ढकाल
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति – डा. ओजस्वी शेरचन
- संसदीय सुनुवाइ समिति – बोधनारायण श्रेष्ठ (संयुक्त)
- राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति – गणेश कार्की (संयुक्त)
- अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति – सुम्निमा उदास
- अर्थ समिति – कृष्णहरी बुढाथोकी
- उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति – रहवर अन्सारी
यससँगै रास्वपाले संसदीय समितिहरूमा आफ्नो भूमिकालाई थप सक्रिय बनाउने संकेत दिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्