सम्पत्ति विवरणको चिरफार:उद्योगमन्त्रीसँग सुनको पहाड,प्रधानमन्त्रीको दराजमा के-के?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ३०

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चैत २९ गते सार्वजनिक गरेको विवरणपछि सरकारका सदस्यहरूको व्यक्तिगत सम्पत्तिबारे व्यापक चर्चा सुरु भएको छ।

यसअघि मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै आलोचना भइरहेका बेला एकैपटक सबैको विवरण सार्वजनिक गरिएको हो। विवरण बाहिरिएपछि विशेषगरी सुन तथा गरगहनाको विषय सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको छ।

उद्योगमन्त्री गौरी कुमारी ले सबैभन्दा धेरै, करिब १८० तोला सुन भएको उल्लेख गरेकी छन्। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाह ले आफ्नो विवरणमा १९० तोला बराबरका गरगहना रहेको जनाए पनि त्यसमा सुन, चाँदी वा हिराको छुट्टै विवरण दिएका छैनन्।

अन्य मन्त्रीहरूमा पनि उल्लेख्य परिमाणमा सुन देखिएको छ। गृहमन्त्री सुधन गुरुङ सँग ८९ तोला र श्रममन्त्री रामजी यादव सँग ८० तोला सुन रहेको विवरणमा उल्लेख छ।

यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्ले सँग ४५ तोला, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र स्वास्थ्यमन्त्री निशा मेहेता सँग समान ३०–३० तोला सुन रहेको देखिन्छ।

संघीय मामिला मन्त्री प्रतिभा रावल र शिक्षामन्त्री सस्मित पोखरेल सँग २५–२५ तोला, परराष्ट्रमन्त्री शिशिर खनाल सँग २२ तोला सुन रहेको छ।

महिला, बालबालिका मन्त्री सीता वादी सँग १८ तोला, ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र कानुनमन्त्री सोविता गौतम सँग १५–१५ तोला सुन रहेको विवरणमा छ।

त्यस्तै पर्यटनमन्त्री खडकराज पौडेल सँग ११ तोला, सञ्चारमन्त्री विक्रम तिमिल्सिना सँग करिब ७ तोला र कृषि मन्त्री गीता चौधरी सँग ५ तोला सुन रहेको उल्लेख गरिएको छ।

सम्पत्ति विवरण सार्वजनिक भएसँगै पारदर्शिता र नैतिकताबारे बहस फेरि तातिएको छ। अब जनताले नेताहरूको सम्पत्तिलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने कुराले राजनीतिक बहसलाई थप दिशा दिने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *