मन्त्रीहरूको सम्पत्तिमा पारदर्शिता माग्दै राप्रपा प्रवक्ता श्रेष्ठ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ३०

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणमा पारदर्शिता अभाव रहेको बताएका छन्। उनले सार्वजनिक गरिएको विवरणमा नगद, गरगहना, घरजग्गा, शेयर लगायतका सम्पत्ति नेपालीहरूको औसत आम्दानीभन्दा निकै माथि देखिएको उल्लेख गरे।

श्रेष्ठले कतिपय मन्त्रीहरूले हदबन्दीभन्दा बढी जग्गासमेत देखाएको भन्दै यसले कानुनी प्रश्न उठाएको बताए। उनले धनी बन्न पाउने अधिकार सबैलाई भए पनि आम्दानीको स्रोत र तिरेको करको विवरण समेत खुलाउन सरकारका मन्त्रीहरूलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *