काठमाण्डौं महानगरका कर्मचारीको सवारीमा आलोपालो प्रणाली

DaksuMedia दाक्सु मिडिया
|
चैत्र २९, २०८२

काठमाण्डौँ । इन्धन कटौतीपछि काठमाडौं महानगरपालिकाले कर्मचारीलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छन् ।

इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

महानगरपालिकाले ४८ औं कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ । ‘कार पुलिङ’ कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने(जाने अधिकारीहरूको समूह बनाइएको छ ।

यस समूहमा हुनेले आफूसँग भएको सवारी साधन आलोपालो सञ्चालन गरेर आफू नजिकका अधिकारीलाई पनि ल्याउने लाने गर्नुपर्छ । यसो गर्दा कार्यालयमा आउने जाने सवारी साधनको संख्या र इन्धनको प्रयोग घट्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *