काठमाण्डौँ । एक दशकदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न सकिने निष्कर्षसहित अर्थ मन्त्रालयमा अध्ययन प्रतिवेदन पेश भएको छ । एडीबीको सहयोगमा तयार प्रतिवेदनले उद्योग सञ्चालनका लागि तीन विकल्प सुझाएको छ ।
पहिलो विकल्प अनुसार उद्योगलाई पुनर्संरचना गरी नयाँ लगानीकर्ता भित्र्याउँदै आधुनिक र्याडियल प्रविधिको प्लान्ट जडान गरेर सञ्चालन गर्ने प्रस्ताव छ। हालकै प्लान्टबाट तत्काल उत्पादन सुरु गर्दै क्रमशः आधुनिकीकरण गर्ने पनि सुझाव दिइएको छ ।
दोस्रो विकल्पमा उद्योगका निष्क्रिय सम्पत्ति (जग्गा, भवन) भाडामा दिएर आम्दानी गर्ने र आंशिक रूपमा मौद्रीकरण गर्दै सञ्चालन करारमा दिने उपाय समेटिएको छ ।
तेस्रो विकल्प अन्तर्गत उद्योग पुनः सञ्चालन सम्भव नभए सम्पत्ति बेचबिखन गरी दायित्व फरफारक गरेर कम्पनी खारेज गर्ने सुझाव दिइएको छ।
प्रतिवेदनले नेपालमा टायरको माग उच्च रहेको, वार्षिक उत्पादन क्षमता (८० हजार ट्रक र ४० हजार अन्य टायर) उपयोग गर्न सके राम्रो सम्भावना रहेको देखाएको छ । तर पुरानो प्रविधि, उच्च ऋण दायित्व र कच्चा पदार्थको अभाव प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्