|
२०८२ चैत्र १८
काठमाण्डौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रत्येक प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै ह्वाट्सएप ग्रुप बनाउन निर्देशन दिएका छन् ।
मधेस प्रदेशका सांसदहरूसँग बुधबारको भेटमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् । शाहले प्राथमिकताका आधारमा बजेट विनियोजन हुने भन्दै पहुँचका आधारमा हुने बजेट विनियोजनको प्रवृत्ति अन्त्य गर्ने बताएको रास्वपा सांसद मनिष झाले जानकारी दिए ।
झाका अनुसार, कर्मचारीतन्त्र र दलीयकरणबाट नागरिकको सेवामा भइरहेका समस्या तत्काल सम्बोधन गर्ने र दीर्घकालीन विषयमा काम गर्दै नागरिक सेवालाई प्रभावकारी बनाउँदै जाने समझदारी भएको छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्