सरकारी वकिल कार्यालयमा रमेश लेखकको बयान जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १८

काठमाण्डौँ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री रमेश लेखकको बयान भइरहेको छ ।

लेखकले दुई घण्टाअघिदेखि जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिइरहेको सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले जानकारी दिए ।

गौरीबहादुर कार्कीको जाँचबुझ आयोगको कारबाहीको सिफारिसमा परेकामध्ये लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गएको शनिबार प्रहरीले पक्राउ गरेको थियो । लेखकमाथि अदालतबाट थप गरेको म्याद आज सकिँदैछ ।

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै जाँच बुझ आयोगले उनीसहित तीन जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *