इनिशा मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको निष्कर्ष

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ११

काठमाण्डौँ । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिशा विकको घटनामा सुर्खेत प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको छ ।

‎जसमा इनिशाको सामूहिक बलात्कार नभएको निष्कर्ष प्रहरीले निकालेको छ। ‎आफूलाई इनिशाका प्रेमी भन्ने १६ वर्षीय किशोरले जबरजस्ती करणी गर्दा संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको बताइएको छ। प्रहरीले उनी विरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा कसुरमा जन्मकैदको मागसहित सिफारिस गरेको छ।

‎गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिशा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् ।

‎फागुन २३ गते शनिवार बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।

‎प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट नै ती १६ वर्षे नाबालकलाई नियन्त्रणमा लिएको थियो ।

‎‎भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा। अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर गरेको पोस्टमार्टम रिपोर्टमा जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको बताएको थियो ।‎

‎रिपोर्टको व्याख्यामा जेनाइटल पार्टहरूमा चोटपटक लागेको भनिएको छ, त्यो भनेको यौनाङ्ग, भित्र हाइमनदेखि पाठेघरमा पनि चोट लागेको कारणले अत्यधिक रक्तश्राव भएको भनिएको छ।

‎इनिशाका परिवार तथा आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २४ गते अन्य तीनको नाममा निवेदन दिएका थिए । प्रहरीले ती तीन जना नाबालकलाई सोही दिन पक्राउ गर्‍यो । उनीहरू पनि सबै नाबालक नै हुन् ।‎

मुख्य अभियुक्त भनिएका किशोरले बयानका क्रममा इनिशा बेहोस भएपछि अस्पताल लैजान अन्य तीन जनालाई सहयोगका लागि बोलाएको बताएका थिए ।

‎तर प्रहरीले उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउने गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *