अर्थविद् केशव आचार्यको निधन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ९

काठमाडौं । अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ ।

अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो । उनको पार्थिव शरीरको भोलि मंगलबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका अर्थशास्त्री आचार्यले पछिल्लो समय मुलुकको वित्तीय र समस्त आर्थिक सुशासनका लागि बहस तथा पैरवी गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *