काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले आफूहरूले नागरिक समक्ष गरेका बाचालाई पालना गरेर अगाडि बढ्ने बताएका छन् ।
चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मत ल्याएर विजयी भएका लामिछानेले निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिएरपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै इतिहासले नै आफूहरुलाई ठूलो जिम्मेबारी प्रदान गरेकोले आगामी दिनमा सम्हालिएर नआत्तिकन अगाडि बढ्ने बताए ।
सभापति लामिछानेले नागरिकका आम अपेक्षाका बारेमा आफू जानकार रहेको भन्दै सबैलाई समेटेर अगाडि जाने बताए । उनले यो तहको नतिजा आफूहरूको पक्षमा आएकोमा खुसी भएको भन्दै जनताले चाहेका विषयबारे सम्वादमै रहेको बताए ।
उनले जनताको अपेक्षा अनुसार काम गर्न नसके आफूहरूको अवस्था पनि अहिलेका केही दलहरूको जस्तो हुनेमा सचेत रहेको बताए ।
उनले विजयी भएपछि हौसिएर उत्तेजित भई कसैलाई पनि नराम्रो व्यवहार नगर्न र जहिल्यै अरुको सम्मान गर्न आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्