|
२०८२ फाल्गुन २०
काठमाडौँ, २० फागुन – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन विशेष पत्रकार सम्मेलन आह्वान गरेको छ।
आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार, मतदानको लागि सबै तयारी पूरा भएको सन्देश दिन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलनमा ब्रिफिङ गर्नेछन्।
भट्टराईले भने, “बुधबार दिउँसो २ बजे आयोगको मिडिया सेन्टर हलमा विशेष पत्रकार सम्मेलन राखिएको छ। थप जानकारी त्यहीबाट उपलब्ध हुनेछ।”


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्