स्याङ्जामा मतगणनाको तयारी पूरा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २०

काठमाण्डौँ । स्याङ्जामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतगणनाको सम्पूर्ण तयारी पूरा भएको छ।

दुई निर्वाचन क्षेत्रका लागि फरक–फरक स्थानमा मतगणना गरिने भएको छ। क्षेत्र नम्बर–१ को मतगणना जिल्ला समन्वय समितिको हलमा र क्षेत्र नम्बर–२ को वालिङ नगरपालिकाको कार्यालयमा हुनेछ।

मतगणनालाई सुरक्षित र पारदर्शी बनाउन मतगणकलाई तारजालीभित्र राखेर सीसीटीभी निगरानीमा गणना गरिनेछ भने उम्मेदवारका प्रतिनिधिलाई जालीबाहिरबाट अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

जिल्लामा कुल २ लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । १९९ मतदान केन्द्र र ३२३ मतदानस्थल निर्धारण गरिएको छ। निर्वाचनमा १ हजार ९३५ कर्मचारी खटिएका छन्। सुरक्षा व्यवस्थासमेत कडा पारिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *