निर्वाचनलाई लक्षित गर्दै हुम्लामा मदिरा कारोबार बन्द

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन १६, २०८२

हुम्ला — आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर मदिरा बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय हुम्ला ले शुक्रबारदेखि लागू हुने गरी उक्त निर्णय गरेको जनाएको छ।

कार्यालयद्वारा जारी सूचनाअनुसार फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन यस्तो कदम चालिएको हो। निर्वाचन प्रक्रिया सम्पन्न भई अन्तिम मतपरिणाम घोषणा नभएसम्म मदिराजन्य पदार्थको कारोबार र उपभोग पूर्ण रूपमा निषेध गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्द ले प्रशासनको निर्णय अवज्ञा गरी मदिरा बिक्री वा सेवन गरेको पाइए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिए।

प्रशासनले सबै व्यवसायी, सरोकारवाला निकाय तथा सर्वसाधारणलाई सूचनाको पूर्ण पालना गर्न अनुरोध गर्दै निर्वाचन अवधिभर शान्ति, सुरक्षा र अनुशासन कायम राख्न सहयोग गर्न अपिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *