‘विदेशी हालीमुहाली संस्थागत’ गर्न रवि–बालेन सम्झौता भएको हर्क सम्पाङको आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १३

काठमाण्डौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । यस सम्झौतालाई उनले ‘केबल सत्ताका लागि’ र ‘विदेशी हस्तक्षेप’लाई संस्थागत गर्नका लागि भएको टिप्पणी गरेका हुन् ।

‘कुर्सिको लागि र यो देशलाई लिलाम गर्नका लागि,’ आज बिहान सामाजिक सन्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै साम्पाङले भनेका छन्, ‘विदेशी हालीमुहाली प्रत्यक्ष हामीलाई महसुस भइसकेको छ, त्यसलाई अब संस्थागत गर्नका लागि‘ ।’ उनले रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन बाहको नाम नलिई यस्तो टिप्पणी गरेका हुन् ।

उनले बालेनलाई लक्षित गर्दै जेनजी आन्दोलनको बेला र देश जल्दा टुलुटुलु हेरेर बसेको भनेर आलोचना गरेका छन् । बालेनलाई उनले ‘भित्र–भित्र बसेर डरलाग्दो खेल खेल्ने’ र ‘लुकेर बस्ने’ व्यक्तिको संज्ञा दिएका छन् ।

‘जो भित्रभित्र लुकेर डरलाग्दो खेल खेल्छ । जेनजीलाई उक्साएर लड्न भिड्न पठाउँछ । ७०–८० जना हताहत हुन्छ । देश खरानी भएको टुलुटुलु हेरेर बस्छ । बाहिर आउँदैन । सरकार चलाइदिनुपर्यो भनेर अनुरोध गर्दा पनि आउँदैन,’ साम्पाङले भनेका छन् ।

यसैगरी उनले एमसीसीसँग जोडेर रवि लक्षित टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *