गैरसरकारी संस्थाका लागि ‘वन डोर’ प्रणाली सुदृढ गर्न प्रधानमन्त्रीको जोड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १२

काठमाडौं – सुशीला कार्कीले गैरसरकारी सङ्घ–संस्थाको समन्वय र नियमन प्रभावकारी बनाउन एकद्वार प्रणाली कडाइका साथ लागू गर्नुपर्ने बताएकी छन्।

समाज कल्याण परिषद्द्वारा सुरु गरिएको डिजिटल सेवा प्रणाली उद्घाटन गर्दै उनले नियमन, सहजीकरण र अनुगमनलाई चुस्त बनाउन पर्याप्त स्रोत–साधन आवश्यक रहेको उल्लेख गरिन्।

नयाँ प्रणालीले कामलाई पारदर्शी र छिटो बनाउने विश्वास व्यक्त गर्दै उनले विकास सहायताको उपयोग राष्ट्रिय प्राथमिकताअनुसार भए–नभएको निगरानी गर्न सहज हुने बताइन्। प्रधानमन्त्रीले सामाजिक संस्थाहरूलाई जनसहभागिता र दिगोपनामा केन्द्रित भएर काम गर्न पनि आग्रह गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *