|
फाल्गुन १२, २०८२
काठमाडौं – कमेडी नाइट विथ च्याम्पियन्समा महेश बस्नेत अतिथिका रूपमा देखिएपछि सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ।
कार्यक्रमका निर्देशक तथा प्रस्तोता विशाल भण्डारीले अपमानजनक टिप्पणी र धम्की आएको उल्लेख गर्दै आवश्यक परे कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।
ट्रेलर सार्वजनिक भएसँगै कार्यक्रम बहिष्कारको आवाजसमेत उठेपछि भण्डारीले यसअघि पनि विभिन्न दलका नेताहरूलाई आमन्त्रण गरिएको स्पष्ट पारे। उनले कार्यक्रम निष्पक्ष रूपमा सञ्चालन हुँदै आएको दाबी गर्दै अवरोध नगर्न सबैलाई आग्रह गरेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्