|
फाल्गुन ५, २०८२
काठमाडौं, ५ फागुन — मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घट्दै ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यसको मूल्य ३ लाख २ हजार ८ सय रुपैयाँ थियो।
यता चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँ रहेको चाँदी आज २५ रुपैयाँले उकालो लाग्दै ४ हजार ८ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावअनुसार दैनिक रूपमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्