|
२०८२ फाल्गुन ४
झापा – झापाको गौरादह नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा ५० वर्षीय भीमबहादुर दर्जी रहेका छन्। उनी आज बिहान गौरादह–४ मजुवा क्षेत्रको भित्री सडक खण्डमा घोप्टो परेर मृत अवस्थामा फेला परेका थिए।
घटनास्थल नजिकै प्रदेश नं. १–०१–०१६ प ८९२४ नम्बरको मोटरसाइकल क्षतिग्रस्त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा दुर्घटनाकै कारण मृत्यु भएको अनुमान गरिएको छ। शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ।
दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्