|
२०८२ माघ २९
बुटवल– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस देशकै ठूलो दल बन्ने दाबी गरेका छन्।
रुपन्देहीमा आयोजित कार्यक्रममा उनले समयअघि निर्वाचन हुनुपरेको अवस्थाबारे समीक्षा आवश्यक रहेको उल्लेख गर्दै जनतासामु त्यसको स्पष्ट जवाफसहित मत माग्ने बताए। देशका पछिल्ला घटनाक्रमले राजनीतिक स्थायित्व र जिम्मेवार नेतृत्वको आवश्यकता देखाएको उनको भनाइ थियो।
पूर्व गृहमन्त्री बालकृष्ण खाणले पनि कांग्रेसको बहुमत आवश्यक रहेको बताए। अन्य नेताहरूले संविधानको रक्षा, सुशासन र विकासका लागि कांग्रेस नेतृत्व अपरिहार्य रहेको धारणा राखे।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्