|
फाल्गुन ३, २०८२
काँक्रेविहार, फागुन ३ – जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको मृत्यु भएको छ। बाख्रा चराउन जङ्गल गएका रोकायको भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएका थिए।
उपचारका क्रममा आज नेपालगन्ज मेडिकल कलेजमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। स्थानीय वासी बेगवान बस्नेतका अनुसार, घाइते रोकायलाई तत्काल अस्पताल पुर्याए पनि ज्यान बचाउन सकिएको थिएन।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्