निर्वाचनको संघारमा रास्वपाका नेता प्रणय शमशेरले त्यागे पार्टी सदस्यता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २९

काठमण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन् ।

उनले बिहीबार महामन्त्री (कबिन्द्र बुर्लाकोटी) लाई सम्बोधन गरेर पत्र पठाउँदै पार्टी सदस्यताबाट राजीनामा दिएका हुन् ।

‘सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु,’ राणाले राजीनामा पत्रमा लेखेका छन् ।

उनले आन्तरिक अभ्यास सही ढंग नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास आफूले गर्न नसक्ने र अन्धभक्ति गर्न पनि नचाहेको पत्रमा उल्लेख गरेका छन् ।

राणा पछिल्लो समय प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले गरेको ‘प्राइमरी इलेक्सन’ प्रति असन्तुष्ट थिए ।

पार्टी स्थापना कालमा गरिएको रास्वपाको वाचा ‘बेथितिको अन्त्य थितिको थालनी’ ठीक उल्टो भएर ‘थितिको अन्त्य–बेथितिको थालनी’ हुन पुगेको राणाको टिप्पणी छ । केन्द्रमा बसेका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू उक्त बेथितिको साझेदार भएका उनको आरोप छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *