काठमाण्डौँ । केन्द्रीय कार्यसमितिबाट पहिलो पटक भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेर निर्वाचनमा होमिएको नेपाली कांग्रेसले पार्टीले गर्ने चुनावी सभाका लागि तयारी गरिरहेको छ । कांग्रेसले फागुन ७ गते जनकपुरमा मधेस सभा गरेर चुनावी सभाको सुरुवात गर्ने तयारी गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आयोगले फागुन ४ देखि १८ गतेसम्म प्रचारप्रसारका लागि समय तय गरेको छ । त्यसबेला हुने सभाहरूका लागि कांग्रेसले वक्ताहरू पनि तय गरेको छ । कांग्रेसमा प्रायस् निर्वाचन परिचालन समितिको संयोजक प्रमुख वक्ता हुँदै आएका छन् । कांग्रेसले यो निर्वाचनका लागि उपसभापति विश्वप्रकाश शर्मालाई ठुला सभाहरूमा वक्ता बनाउनेछ ।
त्यस्तै यो पटक कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार केन्द्रीय कार्यसमितिबाट घोषणा गरिसकेको छ । तसर्थ सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार थापा र उपसभापति शर्मा निर्वाचन लक्षित सभाका प्रमुख वक्ता हुनेछन् ।
सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टीले आधिकारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार तय गरेकाले सभापति थापा र निर्वाचन परिचालन समितिको संयोजक भएकाले उपसभापति शर्मा चुनावी सभाका प्रमुख वक्ता हुने जानकारी दिएकी छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्