निर्वाचन प्रहरी आवेदनको म्याद थप, आवश्यक संख्या पूरा गर्न पुनः आमन्त्रण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १०

रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्ना प्रक्रिया पूरा गर्न आवेदन दिने म्याद थप गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख भोला भट्टका अनुसार रामेछापमा आवश्यक १,३३३ निर्वाचन प्रहरीमध्ये हालसम्म ९०० जनाले मात्र आवेदन दिएका छन् । यसै कारण माघ १० र ११ गतेसम्म आवेदन दिन नयाँ म्याद तोकिएको हो ।

प्रहरी नायब उपरीक्षक भट्टले शारीरिक परीक्षण, सहिष्णुता तथा लिखित परीक्षा छुटेका वा नयाँ आवेदन दिन चाहने उम्मेदवारहरूले यो म्यादभित्र आवेदन दिन सक्ने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *