|
२०८२ माघ ३
काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले प्रतिनिधिसभाको निर्वाचन कुनै पनि हालतमा नसरिने बताएका छन्। राजनीतिक दलभित्र देखिएका विवादका कारण चुनाव प्रभावित हुने चर्चा चलिरहेका बेला उनले यस्तो स्पष्ट धारणा राखेका हुन्।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री खरेलले सरकारले तोकिएकै मितिमा निर्वाचन गराउन सबै तयारी पूरा गरिसकेको जानकारी दिए। “फागुन २१ भन्दा यताउता हुँदैन,” उनले भने।
उनका अनुसार निर्वाचन सफल बनाउन सरकारसँगै निर्वाचन आयोग, राजनीतिक दल र अन्य सरोकारवाला निकायहरूको भूमिका रहनेछ। उनले निर्वाचन आयोगका निर्णय पर्खन सबैलाई आग्रहसमेत गरे।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्