श्रीमतीको हत्या, श्रीमान पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
पुस ६, २०८२

काठमाडौँ । रोल्पा–५ जस्पुरका ४८ वर्षीय अमराज दमाइलाई आफ्नै पत्नी ५२ वर्षीया रिमा परियारको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, शनिबार साँझ मदिराले मातेका अमराजले रिमालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। इलाका प्रहरी कार्यालय होलेरीको टोलीले रिमालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाएको भए पनि पौने सात बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले अमराजलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ भने रिमाको शव पोस्टमोर्टमका लागि जिल्ला अस्पताल रेउघामा पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *