मेष
आज नयाँ अवसरको खोजीमा रहनुहुनेछ। केही नयाँ सम्झौतामा हात हाल्न सक्नुहुन्छ तर तत्काल लाभको अपेक्षा नगर्नु राम्रो हुन्छ। स्वास्थ्य कमजोर महसुस हुन सक्छ, जसले काममा ढिलाइ गराउन सक्छ।
शुभ रंग: निलो | शुभ अंक: १
वृष
दाम्पत्य जीवन सुखद रहने संकेत छ। मनोरञ्जनात्मक क्रियाकलापमा समय बित्नेछ। भौतिक सुविधाको प्राप्ति सम्भावित छ। व्यापारिक प्रयोजनले यात्रा गर्नुपर्ने हुन सक्छ।
शुभ रंग: सेतो | शुभ अंक: २
मिथुन
अरूको स्वार्थका लागि प्रयोगमा पर्न सक्नुहुन्छ, त्यसैले सचेत रहनु आवश्यक छ। आर्थिक विषयले चिन्ता दिन सक्छ। बोलिचालीमा संयम अपनाउनु आजको मुख्य सल्लाह हो।
शुभ रंग: केशरी | शुभ अंक: ५
कर्कट
नयाँ ज्ञान र सीपले अध्ययन तथा अध्यापनमा उत्साह बढाउनेछ। समाजमा सम्मान बढ्नेछ। वरिष्ठ व्यक्तिसँग अनावश्यक प्रतिस्पर्धाबाट टाढा रहनु बुद्धिमानी हुनेछ।
शुभ रंग: पहेँलो | शुभ अंक: ४
सिंह
आफन्तबाट अपेक्षित सहयोग नपाए पनि भूमि वा पशुधनबाट लाभ हुने सम्भावना छ। कार्यक्षेत्रमा पुराना कमजोरी सच्याउने उपयुक्त समय हो।
शुभ रंग: कलेजी | शुभ अंक: ३
कन्या
महत्त्वाकांक्षी योजनालाई गोप्य राख्नु राम्रो हुनेछ। भविष्यका लागि नयाँ योजना बन्नेछन्। नजिकका मित्रसँग गलतफहमी बढ्न सक्छ, संवादमा ध्यान दिनुहोस्।
शुभ रंग: हल्का पहेँलो | शुभ अंक: २
तुला
सोचेविचार नगरी दिएको वचनले समस्या निम्त्याउन सक्छ। प्रयास गरेमा राम्रो नतिजा हात लाग्नेछ। कला र संगीतको क्षेत्रमा सफलता मिल्ने संकेत छ।
शुभ रंग: सेतो | शुभ अंक: ३
वृश्चिक
अड्किएका काम फेरि अघि बढ्नेछन्। मेहनतले प्रतिस्पर्धामा सफलता दिलाउनेछ। भविष्यमा फाइदा हुने काममा ध्यान दिनु उपयुक्त समय हो।
शुभ रंग: निलो | शुभ अंक: ७
धनु
महत्त्वपूर्ण काम बिग्रन सक्ने भएकाले मन अशान्त रहन सक्छ। स्वास्थ्यका लागि व्यायाममा ध्यान दिनुहोस्। अधैर्यताले व्यवहारिक समस्या ल्याउन सक्छ।
शुभ रंग: रातो | शुभ अंक: ९
मकर
समयमै सजग नहुँदा आफ्ना शुभेच्छुक टाढिन सक्छन्। आर्थिक अवस्थामा सुधार आउनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ।
शुभ रंग: केशरी | शुभ अंक: ४
कुम्भ
व्यवसायमा लाभको संकेत छ। उच्च पदस्थ व्यक्तिसँग सम्बन्ध विस्तार हुनेछ। आयस्रोत बढ्नुका साथै रोकिएको रकम प्राप्त हुन सक्छ।
शुभ रंग: हल्का रातो | शुभ अंक: ४
मीन
व्यवसाय विस्तारका लागि सञ्चित रकम खर्च गर्नुपर्ने हुन सक्छ। अतिथि सत्कारबाट सम्मान प्राप्त हुनेछ। धार्मिक स्थलको भ्रमणका योग छन्।
शुभ रंग: निलो | शुभ अंक: ७

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्