मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धैर्य र साहसले सुरु गरेको काममा सफलता मिल्ने योग छ। सहयोगीहरूसँग राम्रो तालमेल बन्नेछ। नयाँ परियोजनाको आधार तयार हुने समय।
शुभ रंग: कलेजी | शुभ अंक: २
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पुरुषार्थी प्रयासले प्रतिष्ठा बढ्नेछ। रोकिएका काम पुनः गति लिन्छन्। पुराना कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ।
शुभ रंग: निलो | शुभ अंक: १
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साहित्य तथा कला क्षेत्रमा सम्मान हासिल हुने सम्भावना। शेयर बजारबाट पनि लाभको संकेत। सहयोगीहरू प्रशस्तै भेटिने दिन।
शुभ रंग: हल्का निलो | शुभ अंक: ३
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनुभवी व्यक्तिको सुझावलाई बेवास्ता नगर्नुहोस्। धार्मिक र रचनात्मक गतिविधितर्फ झुकाव बढ्नेछ। विद्यार्थीको तार्किक क्षमता उकासिने समय।
शुभ रंग: गुलाबी | शुभ अंक: ६
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कार्यअनुभव र ज्ञानले ठूला लाभ दिन सक्छ। आयका नयाँ स्रोत भेटिन सक्छन्। तर जीवनसाथीको स्वास्थ्यबारे ध्यान दिनुपर्नेछ।
शुभ रंग: पहेलो | शुभ अंक: ९
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नेतृत्व क्षमता प्रकट गर्ने उत्कृष्ट समय। अध्ययन–अध्यापनमा उत्साह बढ्नेछ। व्यापारमा सन्तानको साथ–सहयोग पाइनेछ।
शुभ रंग: कलेजी | शुभ अंक: ३
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दीर्घकालीन फाइदा दिने काम सुरु गर्न अनुकूल। पहिले गरेका प्रयासको उचित प्रतिफल मिल्ने संकेत। शैक्षिक क्षेत्र विस्तारित हुनेछ।
शुभ रंग: गुलाबी | शुभ अंक: ३
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कडा मेहनतले सम्मान दिलाउनेछ। विदेश भ्रमण योजनामा सकारात्मक संकेत। सवारी–साधन चलाउँदा सावधानी जरुरी।
शुभ रंग: सेतो | शुभ अंक: ४
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पिताको क्षेत्रमा सम्मान बढ्ने योग। नयाँ प्रस्ताव आउने र व्यापारमा लाभदायक परिणाम देखिनेछ। प्रशासनिक सहयोग सहजै प्राप्त हुनेछ।
शुभ रंग: हरियो | शुभ अंक: ५
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पेशा–व्यवसायमा कार्यमूल्यांकन हुने समय। असावधानीले अवसर गुम्न सक्छ, सचेत रहनुहोस्। आत्मविश्वास केही घट्न सक्छ।
शुभ रंग: सेतो | शुभ अंक: ८
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अपेक्षित परिणामले उत्साह बढ्नेछ। कठिन परिस्थिति समेत सहज बनाउन सक्ने क्षमता जाग्नेछ। नकारात्मक सोचले काममा अवरोध ल्याउन सक्छ।
शुभ रंग: खैरो | शुभ अंक: २
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आर्थिक स्थिति मजबुत बन्दै जानेछ। तर घर–परिवारलाई समय नदिँदा असमझदारी बढ्न सक्छ। यात्रा गर्दा सामानको हेरचाह आफैंले गर्नु उपयुक्त।
शुभ रंग: निलो | शुभ अंक: ७

दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्