भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती, उत्पादन र पर्यटनमा योगदान

DaksuMedia दाक्सु मिडिया
|
मंसिर १८, २०८२

भरतपुर– भरतपुर–१५, श्रीपुरका किसान चन्द्रप्रसाद अधिकारीले दुई बिघा १० कठ्ठामा पूर्ण प्राङ्गारिक तरिकाले सूर्यमुखीखेती गरेका छन्। अधिकारीका अनुसार यस वर्ष करिब ३० क्विन्टल उत्पादन हुने अनुमान छ। अघिल्लो पटक पनि सूर्यमुखीको दाना र तेलको राम्रो मूल्य पाएकोले फेरि बाली लगाइएको हो।

सूर्यमुखी फुल्दा क्षेत्र आकर्षक देखिन्छ र घुम्न आउनेको संख्या बढ्ने अधिकारीको अनुभव छ। खेतमा राज्मा रोपेर बफर जोन तयार गरिएको छ भने प्राङ्गारिक गाजर पनि लगाइएको छ। अधिकारीले करिब चार दशकदेखि प्राङ्गारिक खेती गर्दै आएका छन् र स्थानीय कृषकलाई जैविक खेतीतर्फ आकर्षित गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *