बेगनासमा घट्दो पर्यटक, डुङ्गा व्यवसायी संकटमा

DaksuMedia दाक्सु मिडिया
|
मंसिर १७, २०८२

लेखनाथ — बेगनास तालमा आन्तरिक तथा विदेशी पर्यटक घटेपछि डुङ्गा र होटल व्यवसाय कमजोर बनेका छन्। २०७२ को भूकम्प, कोभिड र सडक पुनर्निर्माणका कारण आगन्तुक संख्या वर्षौंदेखि झर्दै गएको व्यवसायीहरूले बताउँछन्।

२८० डुङ्गा दर्ता भए पनि यात्रु कमीका कारण सबै डुङ्गा पालोपालो मात्र चलाइन्छ। कम आम्दानीले करिब ३० प्रतिशत व्यवसायी वैकल्पिक पेसातर्फ लाग्न बाध्य भएका छन्।

होटल व्यवसाय पनि सुस्त छ। फेवाताल आउने पर्यटकमध्ये थोरै मात्र बेगनास पुग्ने भएकाले स्थानीय व्यवसायीले पर्यटन क्षेत्र पुनः सक्रिय बनाउन आगन्तुक बढाउने प्रभावकारी पहल आवश्यक रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Timothy3172

    December 3, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *