|
२०८२ मंसिर १६
हङकङका नेता जोन लीले गत हप्ता वाङ फुक कोर्ट अपार्टमेन्टमा भएको भयंकर आगलागीको छानबिनका लागि न्यायाधीशको नेतृत्वमा स्वतन्त्र समिति गठन गर्ने घोषणा गरेका छन्। घटनामा १५१ जनाको मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार आगो बाहिरी मचानमा प्रयोग भएको जालमार्फत तीव्र गतिमा फैलिएको थियो र सुरक्षा प्रणाली पर्याप्त थिएन।
लीले भवन निर्माण र नवीकरण प्रणालीको समीक्षा गरेर भविष्यमा यस्ता दुर्घटना रोक्ने प्रतिवद्धता जनाए। घटनासँग सम्बन्धित १४ जना पक्राउ परेका छन्, जसमा १३ जनालाई मृत्युमा संलग्न भएको आशंकामा राखिएको छ।
सहरमा शोकको माहोल छ, पीडितका परिवारले परम्परागत अन्त्येष्टि सुरु गरेका छन्। सरकारी जवाफदेहिता माग्ने केही प्रदर्शनकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्