मोटरसाइकल दुर्घटनामा मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ७, २०८२

झापा । मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ३८ वर्षीय विनोद राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्र१–०१–०१३प ३३३६ नम्बरको मोटरसाइकलले सडकको साइडमा रोकेर राखिएको प्र१–०१–००१त ९९७७ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा मोटरसाइकल चालक राउत र पछाडिबाट सवार २१ वर्षीय निश्चल भुजेल घाइते भएका थिए । टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका दुबै जनालाई उपचारका लागि विर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी छ ।

यस्तै, गौरीगञ्ज गाउँपालिका–१ कुञ्जीबारी बजारमा बीउबिजन व्यापारका लागि आएका शिवसताक्षी नगरपालिका–५ का ७२ वर्षीय सम्पतलाल राजवंशीको पनि शनिबार मृत्यु भएको छ । दिउँसो अचानक चक्कर लागेर बेहोस भएका उनी उपचारका लागि दमक अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा साँझ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *