काठमाण्डौँ । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँ समर्थित समूहले विभिन्न पाँच वटा सार्वजनिक निकाय तथा संस्थाको वेबसाइट ह्याक गरेको दाबी गरेको छ ।
‘नेपालका लागि नेपाली’ नाम गरेको उक्त समूहले नेपाल विद्युत् प्राधिकरण, सडक विभाग, उद्योग विभाग लगायत संस्थाको वेबसाइट ह्याक गरेको दाबी गरेको हो ।
यीबाहेक मिर्मिरे लघुवित्त, इन्द्रावती क्याम्पसका सर्भरहरूमा आक्रमण गरेको समूहले दाबी गरेको छ । उक्त समूहले वर्तमान अन्तरिम सरकारविरुद्ध साइबर युद्धको घोषणा गरेको छ ।
अब झन् अन्तरिम सरकारसँग जोडिएका सबै साइटहरूमा द्रुत रूपमा आक्रमण गर्ने समेत उक्त समूहको धम्की छ । उक्त समूहले आफ्नो उद्देश्य अन्तरिम सरकारसँग जोडिने सबै कुरामाथि आक्रमण गर्नु र डाटा सेन्टरबाट सबै कुरा मेटाउनु रहेको समेत जनाएको छ । आफूसँग प्रत्येक डाटा सेन्टरमा पहुँच रहेको र प्रत्येकलाई आक्रमण गर्ने जनाएको छ ।
यद्यपि उक्त समूहले भनेका सबै संस्थाका वेबसाइटमा हाल कुनै अवरोध भने देखिँदैन ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्