राजनीतिक तनावबाट टाढा रहौँ, लोकतान्त्रिक मार्गमै समाधान खोजौँ’

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ४, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बढ्दो राजनीतिक उत्तेजनाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई धैर्यका साथ लोकतान्त्रिक अभ्यासमा भरोसा राख्न अपिल गरेकी छन्।

फेसबुकमार्फत उनले बाराको सिमरामा बुधबार उत्पन्न भएको परिस्थिति दुःखद रहेको उल्लेख गर्दै यस्तो संवेदनशील घडीमा संयमित रहनु आवश्यक भएको बताइन्। उनका अनुसार युवाहरूको अपेक्षा र आवाजलाई सम्बोधन गर्ने प्रभावकारी बाटो लोकतान्त्रिक प्रणालीमै सीमित छ, त्यसैले अनावश्यक उत्तेजना पैदा हुने गतिविधिबाट सबैले आफूलाई जोगाउनुपर्ने आवश्यकता छ।

प्रधानमन्त्रीले गृह मन्त्रालय तथा सुरक्षा निकायहरूलाई शान्ति–सुरक्षा मजबुत बनाउन, नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनलाई निष्पक्ष तथा भयमुक्त बनाउन तयारी अवस्थामा रहन विशेष निर्देशनसमेत दिएकी छन्।

उनले अभिव्यक्ति स्वतन्त्रताको सम्मान सरकारले सदा मानेको स्पष्ट गर्दै भनेकी छन्, “असन्तुष्टि र आक्रोशलाई हामी गम्भीरतापूर्वक लिन्छौँ, तर सार्वजनिक सम्पत्ति नोक्सान गर्ने, विमानस्थलजस्ता स्थानमा अवरोध गर्ने वा कानून हातमा लिने छुट कसैलाई छैन।”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *