माओवादी केन्द्रका दुई केन्द्री सदस्यद्वारा राजीनामा, ‘प्रगतिशील राष्ट्रिय अभियान’मा लाग्ने घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकी र सीता दाहालले पार्टी परित्याग गर्दै ‘प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’ मा लाग्ने घोषणा गरेका छन्।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र एकीकृत समाजवादीमा समाहित नहुने निर्णय गरेका उनीहरूले हालको राजनीतिक विकृति, भ्रष्टाचार र बढ्दो संकटलाई कारण बताउँदै नयाँ प्रगतिशील बाटो रोजेको बताएका छन्।

देशभक्त, वामपन्थी र नयाँ पुस्तालाई अभियानमा सहभागी हुन उनीहरूले अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *