|
२०८२ कार्तिक २२
काठमाडौँ— शुक्रबार मात्रै पाँच राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन्।
दर्ताका लागि आवेदन दिनेमा योगेन्द्र मण्डल (राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल), चन्द्रप्रकाश सुवेदी (सुन्दर नेपाल निर्माण पार्टी), सविन सिग्देल (राष्ट्र निर्माण पार्टी), रत्नप्रसाद श्रेष्ठ (नागरिक सर्वोच्चता पार्टी नेपाल) र रियाज अहमद शेष (राष्ट्रिय स्वराज पार्टी) रहेका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यी सबै निवेदनहरू हाल अध्ययन प्रक्रियामा रहेका छन्।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्