जनार्दनलाई अझै विचार गर्न प्रचण्डको अपिल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १८

काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट बिदा मागेका नेता जनार्दन शर्मालाई फर्कन अपिल गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन् ।

अझै पनि तपाईं विचार गर्नुस्, तपाईं फर्कनुस् । अझै अगाडि जानुपर्छ भनेर अपिल गर्नुभएको छ,’ प्रचण्डको भनाइबारे जानकारी गराउँदै नेता अग्निप्रसाद सापकोटाले भने, ‘देशभक्तहरू एकताबद्ध भएर अघि बढ्न अपिल गर्नुभयो । नेतृत्वको टिम निर्माण गर्ने कुरा पनि बताउनुभएको छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *