सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तोडफोड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १०

काठमाण्डौँ । सुत्केरीको मृत्युपछि मृतकका आफन्तले ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल तोडफोड गरेका छन् ।

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनीहरूले अस्पताल तोडफोड गरेका हुन् ।

अस्पतालको गेट फोडेर भित्र पसेका प्रदर्शनकारीहरूले अस्पतालमा ढुंगामुढा गरेका हुन् ।

प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई तितरवितर बनाउन लाठीचार्ज गर्नुका साथै केही राउन्ड आश्रुग्यास समेत प्रहार गरेको छ ।

सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *