|
कार्तिक २, २०८२
काठमाडौँ । जेनजी आन्दोलनका कारण रोकिएको मापसे र ट्राफिक चेकिङ पुनः सुरु भएको छ। काठमाडौँ उपत्यकामा हाल ६०–७० स्थानमा मापसे चेकिङ भइरहेको छ भने अन्य ट्राफिक नियम उल्लङ्घनमा पनि कडाइ थालिएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार ट्राफिक प्रहरीहरू पहिलेकै जस्तै नियमित सेवामा फर्किएका छन्। चाडपर्वमा मापसे नियन्त्रणका लागि ‘सरप्राइज चेक’ लगायत ट्राफिक चेकपोइन्टहरू थपिएका छन्।
स्पिड मापन, बाइक मोडिफिकेसन, चोरी जस्ता विषयमा निगरानी कडाइ गरिएको छ। अनलाइन प्रणाली अवरुद्ध रहे पनि भौतिक रूपमा सेवा जारी छ। तिहारपछि मापसे कक्षा सुरु हुने जनाइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्