प्रधानमन्त्री कार्कीद्वारा कूटनीतिक निकाय र राजदूतहरूसँग छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३१

काठमाडौं, असोज ३१ —प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार नेपालस्थित विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूसँग छलफल गर्दैछिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो साढे दुई बजे उक्त छलफल तय भएको हो।

प्रधानमन्त्री कार्कीले हालैको जेनजी आन्दोलनपछिको अवस्था, आगामी निर्वाचनको तयारीलगायत समसामयिक विषयमा राजदूतहरूलाई जानकारी दिनेछिन्।

‘प्रधानमन्त्रीज्यूले नेपालस्थित विभिन्न कूटनीतिक निकायका प्रमुख/राजदूतहरूलाई ब्रिफिङ गर्न लाग्नु भएको हो,’ प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले सेतोपाटीलाई जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *