|
२०८२ आश्विन २९
२९ असोज, काठमाडौं । मुस्ताङमा यस वर्ष स्याउ उत्पादन गत वर्षको तुलनामा बढ्दै एक अर्ब १० करोड रुपैयाँको उत्पादन भएको छ।
कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष ७६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ भने ८० प्रतिशत जिल्लाबाहिर बिक्री भइसकेको छ।
स्थानीय जातको स्याउ ५८३ हेक्टर र हाइब्रिड स्याउ ६० हेक्टर क्षेत्रमा उत्पादन भएको छ। यसले स्थानीय कृषकहरूलाई आर्थिक रूपमा फाइदा पुगेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्