आजको काठमाडौँ र ललितपुरमा सार्वजनिक बिदा खारेज

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २०

काठमाडौँ : काठमाडौँ र ललितपुरमा आजका लागि दिइएको सार्वजनिक बिदा खारेज गरिएको छ।

जिल्ला प्रशासन कार्यालयहरूले आइतबार राति छुट्टाछुट्टै सूचना जारी गर्दै साेमबार असोज २० गते बिहान १० बजेदेखि सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सञ्चालन गर्न निर्देशन दिएका छन्।

लगातारको वर्षाका कारण उद्धार तथा राहतमा ध्यान केन्द्रित गर्न गत असोज १९ र २० गते दुई दिन सार्वजनिक बिदा घोषणा गरिएको थियो। तर, मौसममा सुधार आएपछि र जोखिमको अवस्था टरिसकेकाले दुवै जिल्लाका प्रशासन कार्यालयहरूले बिदा खारेज गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *