|
अशोज १९, २०८२
काठमाडौं, असोज १९ — लगातारको भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै सरकारले असोज १९ र २० गते (आईतवार र सोमबार) नेपालभर सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले जारी गरेको सूचनामा विपद् व्यवस्थापन तथा जनसुरक्षाको आवश्यकतालाई ध्यानमा राखी अत्यावश्यक सेवाबाहेक अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द रहने निर्णय गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। यसले गर्दा सडक यातायात, हवाई उडान र जनजीवन प्रभावित हुने देखिएको हो।
सरकारको यो निर्णयले जनसुरक्षा र आपतकालीन तयारीलाई सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अत्यावश्यक सेवा भने नियमित रुपमा सञ्चालन हुने गृह मन्त्रालयले स्पष्ट पारेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्